मुख्य समाचार

पर्वतको जलजलामा एक युवकले गरे पुर्व श्रीमतीको हत्या !

पर्वतको जलजलामा एक युवकले गरे पुर्व श्रीमतीको हत्या !

– सोचिन्द्र केसी/सुरेश हमाल
जलजला – पर्वतको जलजलामा एक युवकले पुर्व श्रीमतीको हत्या गरेका छन् । पर्वतको जलजला – ४, लुङ्दी देबिस्थान घर भएका बर्ष ३४ का रामबहादुर नेपालीले पुर्व श्रीमती झण्डै बर्ष ३५ कि सन्तु ‘दलामी’को ढुंगा प्रहार गरि हत्या गरेका हुन् ।

पारिवारिक स्रोतका अनुसार उनिहरू केहि बर्ष पहिलादेखि कानुनी रूपमा बिवाह नगरी श्रीमान श्रीमतीको रूपमा बस्दै आएका र हाल श्रीमान श्रीमती बिच मनमुटाव बढेपछि केहि महिना पहिलादेखि छुट्टाछुट्टै बस्दै आएका थिए । त्यहिबेलादेखि नै उनिहरूको सयुक्त नाममा रहेको जग्गाको बिषयमा बिवाद भएको र सोहि बिवादले उग्र रूप लिँदा रामबहादुरले पुर्व श्रीमतीको हत्या गरका हुन् ।

मंगलबार जग्गा कै बिषयमा वडा कार्यलय पुगेर फर्किदा दिउँसो करिब साढे २ बजेको समयमा घरदेखि नजिकै धुले पाल्सिङ सामुदायिक बनको धैरेनी भन्ने ठाँउमा पुर्व श्रीमतीको टाउकोमा ढुंगाले हिर्काएर हत्या गरि स्वंय नेपाली प्रहरी चाैकी वारिबेनीमा गएर आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

हाल हत्या आरोपी रामबहादुरलाई जिल्ला प्रहरी कार्यलय पर्वतको नियन्त्रणमा राखिएको र मृतकको शव पर्वत जिल्ला अस्पताल कुश्मामा पोष्टमार्टमको लागि लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७