विचार/व्लग

उसले मेरो वक्षस्थलमा समात्यो र ओठबाट जीवन चुस्यो : शृृंखला खतिवडा

उसले मेरो वक्षस्थलमा समात्यो र ओठबाट जीवन चुस्यो : शृृंखला खतिवडा

मिस नेपाल श्रृंखला खतिवडाका विभिन्न सौखहरुमध्ये लेखन पनि एउटा हो । हाल‌ उनको एउटा साहित्यिक लेखनीले भने धेरैलाई झुक्याएको छ । उनले हालै इन्टाग्राममा ‘मि टु’ ह्यासट्यागसहित एउटा पोष्ट गरिन् । जसमा १२ वर्षको उमेरमा एक यूवकबाट यौन हिंसामा परेको प्रसंग उल्लेख छ ।

श्रृंखलाले लेखेको स्टाटस यस्तो छ:
मैले १२ वर्षको उमेरमा आफूभन्दा ५ वर्ष जेठो केटालाई एउटा रातो गुलाबका लागि आफ्नो चुम्बन बेचेँ । हरेक दिन म बस स्ट्यान्डमा उभिँदा उ रातो बाइक चढेर आउँथ्यो । एक दिन उसले रोक्यो, आफ्नो हेल्मेट उतार्‍यो र आफ्नो कर्लि कपाल मिलाउँदै मलाई हेरेर मुस्कुरायो । भ्यालेन्टाइन डेको दिन उसले मलाई एउटा रातो गुलाब दियो, अनि आफ्नो बाइकमा राखेर एउटा अँध्यारो कोठामा लग्यो ।

हामी हिँडिरहँदा उसले पुल टेबलमा रहेका मानिसहरुलाई हेर्‍यो । उसले मलाई यस्तरी चुम्बन गर्‍यो मानौं कोठामा अरु कोही छैन, मानौं म एक वस्तु हुँ र मानौं मेरो ओठको मात्रै उसलाई मतलब छ । म त्यहाँ निसहाय भएर उभिएँ, उसले मेरो वक्षस्थलमा समात्यो र ओठबाट मेरो जीवन चुस्यो । उ एउटा दुष्ट मुस्कानसहित पछाडि फर्कियो, आफ्नो र्‍याल र मेरो रगत बाहुलाले पुछ्यो अनि मलाई मातेको रातो आँखाले हेर्‍यो । मेरो पहिलो चुम्बन ।’

श्रृंखलाले अन्त्यमा लेखेकी छन्, ‘तर उसले मलाई पक्कै मन पराउँथ्यो किनकी भ्यालेन्टाइन्स डेमा उसले मलाई रेड रोज जो दियो ।’

स्टाटसको मुनि उनले मिटु, वी डिजर्भ बेटर, रेप, लगायतका ह्यास ट्याग प्रयोग गरेकी छन् । यो आफ्नो वास्तविक अनुभव नभएर साहित्य मात्रै हो भन्ने छनक उनले यसमा कतै दिएकी छैनन् । त्यसैले कतिपय व्यक्तिहरु झुक्किए । उनीहरुले आफुनो पीडादायी अनुभव सेयर गर्ने हिम्मत गरेको भन्दै सह्राहना पनि गरे ।

तर, उनले य‍ो सत्य नभई आफ्नो लेखनको तलतल मेटाउदैँ महिला हिंसाविरुद्ध जागरण पनि होस भनेर लेखेको बताईन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal