धर्म/ संस्कृति

यी ५ राशिका लागि असाध्यै फलिफाप छ यो हप्ता

यी ५ राशिका लागि असाध्यै फलिफाप छ यो हप्ता

२०७७ साल माघ अन्तिम साताको राशिफल

मेष राशि – चु,चे, चो, ला, लि, लु, ले, लो, अ

मङ्गलबारसम्मका दिन राम्राखालका छैनन् । अनेकौँ समस्या परी मन खिन्न हुनेछ । बुधबारदेखि मात्रै सामान्यखालको सुधार आउला । परिवारबाट पाउनुपर्ने सहयोग होलाजस्तो छैन । त्यस्तै मित्रहरू पनि स्वार्थीखालका छन् । पढाइको क्षेत्रमा पनि पहिलेभन्दा सामान्य सुधार आउनेछ

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सुरुका दुई दिनमा केही काम बन्नेछन् तर सोमबारदेखि ́झन्झटकै बढोत्तरी देखिन्छ । मनमा भएको श-ङ्का र त्रा-स घटे पनि निर्णय गर्ने शक्तिमा कमी छ । मित्रबाट भने राम्रै सहयोग प्राप्त होला । पढाइको क्षेत्रमा पनि पहिलेभन्दा सामान्य सुधार आउनेछ

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

पहिलेभन्दा सुधारिएको साता छ । गरेका काम सामान्य रूपले भए पनि बनेरै जानेछन् । व्यापार र व्यवसायले राम्रै लाभ दिनेछ । बिहीबारको दिनमा भने अनावश्यक झन्झट पर्न सक्छ । व्यावसायिक कामबाट सामान्यखालको लाभ लिन सक्नुहुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आम्दानी र खर्च बराबरै जस्तो हुनाले बचत हुने सम्भावना कम छ । विशेषगरेर आफ्नो र परिवारको स्वास्थ्यसम्बन्धी समस्याले खर्च बढाइरहला । शिक्षाको क्षेत्रमा राम्रा दिन आएकाले त्यतैतिर श्रम थप्नुहोस् । व्यावसायिक कामबाट सामान्यखालको लाभ लिन सक्नुहुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सुरुका दिनमा पेटमा बिसन्चो वा रुघाखोकीको प्र-कोपले हैरान पार्ला र त्यसको उपचारका लागि खर्चसमेत गर्नुपर्नेछ । मङ्गलबारको बेलुकीदेखि मात्र स्थितिमा सुधार आउला । बौद्धिक स्थिति त्यति राम्रोखालको छैन । जागिरकै कामले मात्र टेवा देला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आधा काम बन्नेछन् भने आधा बाँकी नै रहनेछन् । बौद्धिक स्थिति राम्रो भए पनि बाधा दिने तत्वको बढोत्तरीले लक्ष्य पूरा गर्न गाह्रो हुनेछ । स्वास्थ्य पनि पूरा राम्रो रहलाजस्तो छैन । प्रत्येक दिन गणेशको दर्शन र आराधना गरिरहनुहोस् ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सम्मान र खर्चमा खास फेरबदल देखिँदैन । प्रतिष्ठा बढ्ने समय हाल छैन । बरु तपाईंको तेजोवध गर्नेहरू धेरै निक्लनेछन् । शिक्षाको क्षेत्रमा सामान्य प्रगतिमात्रै छ । विवाहसम्बन्धी कुरामा केही प्रगति हुन सक्छ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सुरुकै दिनमा इष्टमित्रसँग भेटघाट हुनुको साथै रमाइलो गरिएला । मित्रहरू मद्दत दिनेखालका नै छन् । मुद्दा–मामिला वा वादविवादमा पनि विजय हुने समय छ । स्वास्थ्यबारे पीर मान्नुपर्दैन । व्यवसायले पनि केही न केही दिइरहनेछ ।

धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

खर्च बढी होला । राम्रो काममै खर्च हुनाले मानसिक चिन्ता भने पर्ने छैन । किताब किन्नमा वा शैक्षिक सामग्री सङ्कलन गर्नमै धेरै खर्च हुनेछ । प्राविधिक ज्ञान प्रशस्त छ । त्यसैले तपाईंलाई केही न केही लाभ पनि गराइरहला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

-हाल बि-ग्रने समय छैन । धेरै कुरामा निर्णय लिने मुडमा तपाईं हुनुहुन्छ । अस्थिरताको वातावरण बिस्तारै घटेर जाला । शिक्षाको क्षेत्रमा सामान्य प्रगति छ । मित्रहरूबाट सहयोग हुने नै छ । प्रेमको क्षेत्रमा पनि प्रगतिकै रेखा सामुन्ने आउनेछन् ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

असल काममै खर्च हुनेछ । हातले समातेको व्यवसायले त्यस्तो खर्चलाई पु¥याउन सकिनेछ । आन्तरिकभन्दा बाह्य व्यापारले टेवा देला । काम गर्ने साहस कत्ति पनि घटेको छैन । मान–प्रतिष्ठामा ह्रास देखिन्न । बाधा दिनेभन्दा सहयोग गर्ने मित्रको सङ्ख्या बढी छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे,दो, च, चि

सातालाई राम्रो रूपमा लिन सकिन्छ । मनमा अलिकति श-ङ्का र भय भए पनि बिस्तारै त्यसलाई निर्मूल गर्न सकिनेछ । व्यवसायिक लाभ मध्यमखालको छ भने गणेश एवम् शनिको आराधनाले धेरै बाधालाई हटाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७