मनोरञ्जन

पोखरामा आधुनिक गीत ‘अमृत भनि पिएको’को म्युजिक भिडियो सार्वजनिक

पोखरामा आधुनिक गीत ‘अमृत भनि पिएको’को म्युजिक भिडियो सार्वजनिक

– सुमन केसी
पोखरा । थुप्रै कालजयी गीतहरुका सर्जक स्व. बिनोद गौचनको रचना, केशव सुबेदी स्वर र संस्थाका सल्लाहकार सुमन श्रापितको संगीत रहेको आधुनिक गीत अमृत भनि पिएको म्युजिक भिडियो बिमोचन कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको छ ।

बिशिष्ट अतिथि नेपाली सिनेमाका सुप्रसिद्ध चलचित्र निर्देशक, अभिनेता एवम् गीतकार तुलसी घिमिरे र समाजसेवी एवम् संस्कृतिकर्मी विश्वमोहन गौचन‌ले म्युजिक भिडियोे संयुक्त रुपमा बिमोचन गर्नुभएको हो ‌।

सोही समारोहमा नेपाली गीत संगीत‌‌ र चलचित्रको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको उच्च मुल्याङ्कन गरि विशिष्ट अतिथि चलचित्र निर्देशक अभिनेता एवम् गीतकार तुलसी घिमिरेलाई संस्थाद्वारा सम्मान पनि गरिएको थियो।

विशिष्ट अतिथि तुलसी घिमिरेले पोखरा र पोखराको‌ सुन्दरताको खुलेर प्रशंसा गर्दै पोखरा सर्जक र सृजना जन्माउने उर्वर भूमि‌ रहेको‌ बताउनु भयो‌ । सुटिङका क्रममा पोखरा धेरै पटक आएर धेरै बसेपनि औपचारिक कार्यक्रममा पहिलो पटक दश बर्ष अघि भाइ सुमन श्रापितद्वारा सम्पादित “पोखरामा फुलेका सुनाखरी” बिमोचनमा आएको स्मरण गर्दै यो पटक पनि यसरी पोखरा र पोखरेली सर्जकसङ्ग साक्षत्कार हुनु पाएकोमा आफू खुशी भएको जनाउदै फेरि फेरि आउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

गीतकार स्व. बिनोद गौचनको‌ प्रसंग जोड्दै सर्जक शरीरले मरे तापनि सृजनाले कहिल्यै न मर्ने बताउनु भयो । लेखन, गायन, संगीतका साथै म्युजिक भिडियोको कन्सेप्ट, अभिनय, निर्देशन, सम्पादन, भिडियोग्राफी सबै हिसाबले गीत उत्कृष्ट रहेको‌ बताउनु भयो ‌।

त्यसैगरी प्रमुख अतिथि विश्वमोहन गौचनले एड्स रोगप्रतिको‌ नकारात्मक सोच बदल्न गीत र डकुमेन्ट्री बनाएको स्मरण गर्दै गीत संगीत सचेतना जगाउने बलियो माध्यम भएको बताउनु भयो ।

कार्यक्रममा विशेष अतिथि नवराज बराल, गीतका संगीतकार सुमन श्रापित, संस्थाका सल्लाहकार पद्दमराज ढकाल, म्युजिक भिडियोका प्रमुख कलाकार, अलौकिक कवि देशभक्त सिंह कुँवर, जनवादी कलाकार काजी गाउँले, बरिष्ठ तवलाबादक श्यामलाल श्रेष्ठ, ब्यबसायी दशरथ सुनारले गीत संगीत र म्युजिक भिडियोमा केन्द्रीत रहेर आ-आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

गीतको भिडियोमा देशभक्त सिंह कुँवर, संझना थापा बानियाँ, काजी गाउँले, अभिलेख घिमिरे, सिम्रन बानियाँ, बेबिका बस्नेत, भूमिका थापा आदिले अभिनय गर्नुभएको छ । जसको निर्देशन र सम्पादन सन्जु सुनारले र छायाङ्न मुबारक‌ अलीले गर्नुभएको हो ‌।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७