फोटो फिचर

झन झन बोल्ड बन्दै वर्षा (फोटो फिचर)

झन झन बोल्ड बन्दै वर्षा (फोटो फिचर)

फिल्म ‘नाईं नभन्नू ल २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी वर्षा सिवाकोटीले अहिलेसम्म दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । तर, उनको फिल्मी करिअरको ग्राफ खासै सन्तोषजनक छैन ।

लगातार फिल्म गरिरहे पनि उनले आजसम्म हिटको सुख प्राप्त गर्न सकेकी छैनन् । उनले अभिनय गरेका प्रायः सबै फिल्म बक्सअफिसमा नराम्रोसँग पछारिएका छन् ।

फिल्म ‘वीर वीक्रम २’ बक्सअफिसमा असफलता भएपछि उनी नराम्रोसँग हच्किएकी थिइन् । कतिपयले उनी अब पलायन हुने अड्कल पनि नकाटेका होइनन् । तर, अहिले वर्षाको व्यस्तता हेर्दा फिल्म फ्लप भए पनि उनको करिअरमा कुनै असर नपरेको देखिन्छ ।

लगातार फिल्म असफल भए पनि अहिले उनको हातमा फिल्मको कुनै कमी छैन । त्यसैले अहिले धेरैले उनलाई फ्लप फिल्मकी हिट हिरोइन भन्न थालेका छन् ।

उनी सामजकि संजालमा पनि निकै सक्रिय छिन् । सिवाकोटीले गतबर्षको माघ महिनामा स्विमसुटमा तस्वीर सार्वजनिक गरिन् । जाडो महिनामा स्विमसुटमा तस्वीर खिचाउँदा वर्षाको खुबै चर्चा भयो । उनै, वर्षाले यो वर्षको जाडो महिनामा पनि बोल्ड फोटो खिचाएकी छिन् । वर्षाले हामीलाई उपलब्ध गराएको तस्वीरमा उनी निकै बोल्ड देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७