समाचार

बागलुङमा गोठमा आगलागी हुँदा २५ बाख्रा जले !

बागलुङमा गोठमा आगलागी हुँदा २५ बाख्रा जले !

फाइल तस्बिर
पोखरा- बागलुङको निसीखोला गाउँपालिका-३ धारखर्कस्थित एक गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् । आगलागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिए ।

बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आगलागी भएको पीडित विक बताउँछन् । आगलागीले गोठ पूर्णरुपमा जलेर नष्ट भएको हो । बाख्रासँगै ६ कुखुरासहित गोठमा भएको घाँसपात र दाउरा सबै जलेर खरानी भएको छ ।

शुक्रबार भएको सो आगलागीमा परी ११ बाख्रा मरेका थिए भने १४ वटा गम्भीर घाइते भएका थिए । घाइते बाख्रा पनि बाँच्ने अवस्था नभएपछि विकले गाउँलेलाई वितरण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७