मनोरञ्जन

पोखरामा रोमान्टिक बने आर्यन र उपासना (तस्विरसहित)

पोखरामा रोमान्टिक बने आर्यन र उपासना (तस्विरसहित)

माघ महिनाको चिसोले चलचित्रको छायांकनका क्रममा पनि कलाकारलाई समस्या पार्छ । नायक आर्यन सिग्देल र नायिका उपसना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’को छायांकनका क्रममा यस्तै चिसोको सामना गरिरहनुपरेको छ ।

चलचित्रमा आर्यन र उपासनाले एकसाथ काम गरिरहे पनि उनीहरुको एकसाथको तस्वीर भने सार्वजजिनक भएको थिएन । तर, आर्यनले उपासनासँगको रोमान्टिक तस्वीर शेयर गर्दै छायांकनका क्रममा रमाइलो भैरहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–‘छायांकनको तेश्रो दिन । फेवातालको छेउमा निकै चिसो भैरहेको छ । तर, हामी छायांकनमा रमाइरहेका छौ ।’ आर्यनले शेयर गरेको तस्वीरमा उनी उपासनासँग अंगालोमा बाँधिएका छन् ।

प्रविण झाले निर्देशन गरिरहेको यो चलचित्रमा लक्ष्मण रिजाल कार्यकारी निर्माताको रुपमा छन् ।चलचित्रले उमेर अन्तर भएका यूवा–यूवतीको प्रेमको कथा भन्छ । यो चलचित्रको कथा मनपरेपछि आफूले काम गरेको उपासनाले बताएकी छिन् ।

नेपाली चलचित्र क्षेत्रमा आर्यनलाई रोमान्टिक नायकको रुपमा चिनिन्छ । उनै, रोमान्टिक नायकसँग उपासनाको जोडी कत्तिको सुहाउला त्यो भने चलचित्र रिलिज भएपछि मात्र थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७