Breaking

बैतडीमा विद्यालय पोसाकमै किशोरीको ‘शव’ फेला

बैतडीमा विद्यालय पोसाकमै किशोरीको ‘शव’ फेला

बैतडी – दुई दिनदेखि बे-पत्ता १७ वर्षीया किशोरीको ‘शव’ घर नजिकैको जङ्गलमा फेला परेको छ । बुधबारदेखि बेप-त्ता दोगडा केदार गाउँपालिका–७ की भागिरथी भट्टको ‘शव’ घर नजिकैको जंगलमा बिहीबार साँझ फेला परेको हो ।

खोजी गर्ने क्रममा घर नजिकैको लवलेक सामुदायिक वनमा ‘शव’ फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

विद्यालयबाट घर फर्कने क्रममा वेप-त्ता भएको आशंका गरिएकी उनको शव विद्यालय पोसाकमै फेला परेको छ । बिशोरीको ह-त्या गरी जंगलमा फालेको हुनसक्ने अनुमान गरएको छ ।

प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाइसकेको बताएको छ । डीएसपी अधिकारीले भने ‘हामीले छानविन शुरु गरेका छौं । छिट्टै सत्यतथ्य सार्वजनिक गरिहाल्छौं’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७