नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनका क्रममा ‘एमसीसी चाहिँदैन’ भन्ने नारा नलगाउन निर्देशन दिएका छन् ।
बिहीवार गरिएको आमहड्तालका क्रममा ललितपुरको पुल्चोक पुगेका प्रचण्डले अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध नाराबाजी नगर्न निर्देशन दिए ।
पुल्चोकमा ‘आमहड्ताल सफल पारौं’ नारा लाग्दा हात उठाएर साथ दिएका प्रचण्ड ‘एमसीसी चाहिँदैन’ नारा लाग्दा रोकिएका थिए । नारामा साथ नदिई प्रचण्डले मुस्कुराउँदै स्थायी कमिटी सदस्य पम्फा भुसाललाई एमसीसीविरुद्ध नारा नलगाउन निर्देशन दिए ।
आमहड्तालमा खटिएका नेता कार्यकर्ताको हौसला बढाउन अध्यक्ष प्रचण्ड काठमाडौंका विभिन्न स्थानमा पुगेका थिए ।
संवैधानिक आयोगमा गरिएको नियुक्तिविरुद्ध प्रचण्ड–नेपाल समूहले बिहीवार देशव्यापी आमहड्ताल गरेको छ ।
भिडियो हेराैँ