राजनीति

हड्तालमा माधव नेपाल स्कूटीमा सरर…

हड्तालमा माधव नेपाल स्कूटीमा सरर…

काठमाडौ – प्रचण्ड नेपाल समूहले घोषणा गरिएको आम हड्तालका कारण सर्वसाधारण घरमै बस्नु परेको छ । सडकमा निस्किएका मजदुर र ट्याक्सी चालकहरु समस्यामा परेका छन् । एका विहानै काठमाडौमै ट्याक्सी जलाइयो भने ठाउँ ठाँउमा यातायात ठप्प छन् ।

तर हड्तालका आयोजक नेकपा अध्यक्ष माधवकुमार नेपाल भने स्कुटीमै सरर हिड्का छन् । उनी आन्दोलनको अनुगमनका लागि स्कुटरमा निस्किएका हुन्। नेपाल कोटेश्वरबाट स्कुटीमा चढेर हड्तालको निरीक्षण गर्न निस्किएका हुन् ।

आज संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै प्रचण्ड-नेपाल समूहले आम हड्ताल गरेको छ। सर्वसाधारणलाई यातायात संचालन गर्न दिइएको छैन । तर आन्दोलन अनुगमनका लागि भन्दै नेताहहरु नै यसरी स्कुटरमा सरर हिडेको देखिएको हो ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्तको बिरोधमा प्रचण्ड-नेपाल समूहले बन्द गरेको हो।
तस्बिर- नागरिक न्युज

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७