समाचार

सडकमा नाराबाजी गर्दै प्रचण्ड: ‘केपी तेरो पाराले, दु:ख पायो साराले’ (भिडिओ)

सडकमा नाराबाजी गर्दै प्रचण्ड: ‘केपी तेरो पाराले, दु:ख पायो साराले’ (भिडिओ)

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आमहड्ताल गर्न सडकमा आएका छन् ।

बिहीबार बिहान उनी ललितपुरको सातदोबाटोमा प्रदर्शनकारी गरेको नाराबाजीमा सहभागी भए र नारबाजी गरे ।

सातदोबाटो चोकमा प्रचण्ड सहभागी नाराबाजीमा प्रदर्शनकारीले ‘काम चलाउ म्यादी सरकार मुर्दावाद, ‘असंवैधानिक नियुक्ति खारेज गर’, ‘राष्ट्रघातीहरू होसियार’, ‘गणतन्त्र जिन्दावाद’ ‘केपी तेरो पाराले दु:ख पाए सारा’ले लागायतका नारा लगाएका थिए। जुलुसमा प्रचण्डले पनि सरकारको बिरूद्धमा नाराबाजी गरेका थिए।

सातदोबाटोबाट प्रचण्ड सहभागी जुलुस कोटेश्वर गएको छ। भने प्रचण्ड केहि समय सहभागी भएर निस्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७