मुख्य समाचार

पोखराबाट काठमाडौंका लागि यात्रु बोकेर छुटे १० माइक्रो

पोखराबाट काठमाडौंका लागि यात्रु बोकेर छुटे १० माइक्रो

फाइल तस्बिर
पोखरा- नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको नेपाल बन्दका दिन पोखराबाट काठमाडौंका लागि १० वटा माइक्रोबस छुटेका छन्। पोखराबाट यात्रुवाहक माइक्रो बस काठमाडौंका लागि छुटेको र कास्कीबाट कटिसकेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

प्रवक्ता हमालले भने- ‘काठमाडौं जाने माइक्रोबस बिहानै छुटिसकेको छ, तिनलाई हामीले सुरक्षा दिएर पठायौं’ साथै ‘केही निजी सवारीहरू पनि चलेका छन् ।’

बन्दका कारण पोखरा बजार र सडक बन्द छन्। तरकारी तथा फलफूल, पानी, दुध, इन्धनलगायत अत्यावश्यक सेवाका सवारी र पसल भने खुला नै छन्।

बन्दका दिन अन्य दिनभन्दा धेरै प्रहरी परिचालन गरेको प्रवक्ता हमालले बताए। कास्की जिल्लामा मात्रै ६३५ बढी प्रहरी परिचालन गरेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७