फोटो फिचर

लेहेंगामा एलिजाको सुन्दरता (फोटो फिचर)

लेहेंगामा एलिजाको सुन्दरता (फोटो फिचर)

अभिनेत्री एलिजा गौतम नेपाली फिल्म क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्ष गरिरहेकी छन् । पत्रकार ऋषि धमलासँग विवाह गरेपछि उनले घरकै लगानीमा फिल्म ‘अनुराग’ निर्माण गरिन्, तर सफलताको सुख प्राप्त गर्न सकिनन् । फिल्ममा उनको अभिनय पनि रुचाइएन ।

‘अनुराग’ पछि उनले फेरि नयाँ फिल्म निर्माण गर्ने आँट गरिनन् । लकडाउन अगाडिसम्म कामविहीन भएर बसेकी उनले दुई चरणको बन्दाबन्दीपछि पहिलो पटक म्यूजिक भिडियोमा काम गरिन् । उनले अभिनय गरेको पहिलो गीत ‘आधी कपाल’ ले यूट्युबमा उल्लेख्य भ्यूज पाएपछि अहिले उनको दिन फेरिएको छ ।

‘अनुराग’ मा उनको जोडी बन्न इन्कार गरेका पल शाहसँग समेत एलिजाले म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । आकाश श्रेष्ठ, पुष्प खड्कासँग पनि म्यूजिक भिडियोमा उनको जोडी बाँधिसकेको छ । लकडाउन आफ्नो लागि लक्की सावित भएको बताउने उनले हालै नयाँ फिल्म ‘घिन्ताङ’ साइन गरेकी छन् । यसमा उनको जोडी अभिनेता गौरव पहारीसँग बाँधिएको छ ।

दुई सन्तानको आमा भएपछि फिल्ममा प्रवेश गरेकी उनले आफ्नो शरीरलाई फिट राख्न निकै मेहनत गर्ने गरेकी छन् । उनी पहिरनको मामालामा पनि सजग छिन् । अचेल उनी कुनै सार्वजनिक कार्यक्रममा जाँदा पहिरनका कारण सबैको केन्द्रविन्दू बन्ने गरेकी छन् ।

केहि दिन पहिला प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको विवाह पार्टीमा पनि उनी आकर्षक पहिरनमा पुगेकी थिइन् । श्रीमान र छोरीको साथमा नव-विवाहित जोडीलाई बधाई दिन पुगेकी एलिजा आकाशे रंगको लेहेंगामा देखिएकी थिइन्, जसमा उनको सुन्दरता निकै खुलेको थियो ।

उनका तस्बिर सामाजिक संजालबाट लिएका उनका केहि तस्बिर प्रस्तुत गरेका छाैँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७