मुख्य समाचार

बिहीबार निर्धक्क सार्वजनिक यातायात, पेसा, व्यवसाय सञ्‍चालन गर्नु- गृह मन्त्रालय

बिहीबार निर्धक्क सार्वजनिक यातायात, पेसा, व्यवसाय सञ्‍चालन गर्नु- गृह मन्त्रालय

काठमाडौँ — सरकारले बिहीबार पूर्ववत् रुपमै सार्वजनिक यातायात, उद्योगधन्दा, पेसा, व्यवसाय सञ्‍चालन गर्न आग्रह गरेको छ ।

संवैधानिक निकायमा संसदीय सुनुवाइबिना पदाधिकारी नियुक्तिको विरोधमा नेकपा दाहाल–नेपाल समूहले बिहीबार आम हड्तालको घोषणा गरेको छ ।

यसैक्रममा गृह मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै दैनिक रुपमा सञ्‍चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्‍न नदिने गरी सुरक्षा व्यवस्था मिलाइने जानकारी गराएको हो ।

‘दैनिक रुपमा सञ्‍चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्‍न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हसँदा यातायात व्यवसायी लगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्‍चालन गर्न गृहमन्त्रालय आग्रह गर्दछ ।’ मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गृहमन्त्रालयको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७