मुख्य समाचार

नेपालमा १२ हजार चर्च २५ लाख क्रिश्चियन रहेको भन्दै ‘क्रिसमस डे’मा बिदा दिन माग

नेपालमा १२ हजार चर्च २५ लाख क्रिश्चियन रहेको भन्दै ‘क्रिसमस डे’मा बिदा दिन माग

राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ मा सार्वजनिक बिदाको माग गरेको छ ।

आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सिवी गहतराजले उक्त समुदायको ठूलो पर्व क्रिसमस भएको हुँदा वर्षमा एक दिन सरकारले बिदा दिनुपर्ने बताए ।

दोस्रो जनआन्दोलनपछि नौ वर्षसम्म सार्वजनिक बिदा दिँदै आएकामा गत वर्षदेखि बिदा कटौती गरिएको महासङ्घले आपत्ति जनाएको छ । देशमा करीब १२ हजार चर्च तथा २५ लाख अनुयायी रहेकोले पनि १ दिन बिदा दिनुपर्ने माग रहेको बताइएको छ । सरकारसँग भएको छ बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत मागसमेत महासङ्घले अघि सारेको छ ।

महासङ्घले गत महीना सम्पन्न गरिएको एशिया प्यासिफिक समिटले आफ्नो समुदायको भावनामा गम्भीर चोट पु¥याएकाले सरकारले त्यसको समीक्षा गर्नुपर्ने जनाएको छ । बाइबलको मर्मविपरीत गठन भएको उक्त संस्थाले मुलुकमा अस्तित्वमा रहेका सबै धर्मावलम्बीसँग सद्भाव साटेर बसेका नेपाली क्रिश्चियन समुदायलाई बदनाम गरेको अध्यक्ष गहतराजले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal