विचित्र संसार

दुलहीलाई विवाह मण्डपमा छाडेर दुलाहा पब्जीमा मस्त (भिडियोसहित)

दुलहीलाई विवाह मण्डपमा छाडेर दुलाहा पब्जीमा मस्त (भिडियोसहित)

पब्जी खेल सम्बन्धी एउटा रोचक घटना सार्वजनिक भएको छ । घटना भारतको हो । एउटा भिडियो निकै भाइरल बनिरहेको छ ।

विवाह समारोहमा खिचिएको टिकटक भिडियोमा बेहुलाले पब्जी खेल खेलिरहेको देख्न सकिन्छ । आफ्नै विवाहमा छेउमा बसेकी बेहुली र उपस्थित आफ्ना आफन्त, साथीभाइलाई बेवास्ता गर्दै उनी पब्जी खेल्नमै मस्त देखिन्छन् ।

टिकटक भिडियो खिच्ने व्यक्तिले उनको नजिक गएर मोबाइललाई छोप्न खोज्छन् । ती बेहुलाले हतार हतार उनलाई हटाउँछन् । त्यसबेला बेहुली भने बेहुलाले चलाएको मोबाइल टुलुटुलु हेरिरेहेकी हुन्छिन् । भिडियो निकै भाइरल बनिरहेको छ भने बेहुलाको हर्कतको धेरैले नराम्रो प्रतिक्रया दिइरहेका छन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७