समाचार

खोलामा डुबेको भाईलाई बचाउन जाँदा भाइसंगै दाईले पनि गुमाए ज्यान

खोलामा डुबेको भाईलाई बचाउन जाँदा भाइसंगै दाईले पनि गुमाए ज्यान

इलाम माइजोगमाइ गाउपालिका वडा नम्बर ६ साविक सयोङ पाच निवासी डम्बर बहादुर ढकालको परिवारमा वज्रपात परेको छ ।

हाइड्रो कम्पनीले बनाएको खाल्डोमा पौडी खेल्न गएका उनका दुवै छोराहरु कहिल्यै नफर्कने गरी अस्ताए । ढकालका कान्छो र साइलो छोराको निधन भएको हो ।

दाई उनलाई बचाउन गए । बचाउन गएका दाईले भाईलाई त बचाउन सकेनन् आफु पनि खाडलवाट बाहिर निस्कन सकेनन्

सोयाङ र सिङफिरिङको फेदी अठ्ठारे मा हाइड्रो ले बनाएको खाडलमा परि निधन भएको हो । हाइड्रोले बनाएको खाडलमा कान्छो भाइ पौडी खेल्न लागेका थिए । उनी पौडी खेल्ने क्रममा डुब्न लागे ।

भाईलाई डुब्दै गरेको देखेर दाई उनलाई बचाउन गए । बचाउन गएका दाईले भाईलाई त बचाउन सकेनन् आफु पनि खाडलवाट बाहिर निस्कन सकेनन् । अन्तत दुवै जनाको निधन भयो ।

एकै परिवारका दुई दाजुभाईको निधनले ढकाल परिवारमा वज्रपात परेको छ भने पुरै गाउँ शोकमा डुबेको छ । गाउँका दुई छोराको निधन भएपछि उनका आफन्त र गाँउ नै शोकमा डुबेको छ ।

तस्बिर स्रोत- ताजाखबर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७