मनोरञ्जन

क्लबमा आफूमाथि ‘कुटपिट’ भएको भन्दै सुष्माले गुहारिन् प्रहरी

क्लबमा आफूमाथि ‘कुटपिट’ भएको भन्दै सुष्माले गुहारिन् प्रहरी

नायिका सुष्मा कार्कीे काठमाण्डौको लण्डन पब क्याफेमा आफूमाथि कुट-पिट र गाली-गलौज भएको भन्दै प्रहरीमा उजुरी दिन पुगेकी छिन् । उनले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छिन् ।

नायिका सुष्मा कार्कीले आफूलाई उत्सवले गाली-गलौज गरेको र आरतीले कुट-पिट गरेको बताइन् । सुष्माले भनिन्–‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।’

सुष्माले नायिका स्वेता खड्काले आफूलाई अपशब्द प्रयोग गरेको पनि बताइन् । सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा नै थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७