मनोरञ्जन

आमिर खानको ‘चिनियाँ युवती’हरुमाझ लोभलाग्दो क्रेज

आमिर खानको ‘चिनियाँ युवती’हरुमाझ लोभलाग्दो क्रेज

चीनमा अचेल आमिर खानका धेरै फ्यान फलोइंग बढिरहेको छ । कुस्तीको कथामा आधारित आमिर खान अभिनित फिल्म ‘दंगल’ पछि त झन् चीनमा अनौठो रुपमा उनका प्रशंसकहरु थपिएका छन् झन युवती माझ उनको क्रेज नै छुट्टै छ ।

पछिल्लो समय शिनजियांगकी एक युवतीले हिन्दीमा गाएको गीतले चिनिया शोसल मिडिया वीबोमा धेरै लोकप्रियता हाँसिल गरिरहेकोे छ । भिडियोमा युवतीले आमिर खानको फिल्म ‘सिक्रेट सुपरस्टार’को गीत ‘नचदी फिरा…. ‘गाएकी छिन् ।

हिजोआज चीनियाँ युवतीहरु आमिर खानसँगै रहेर यो गीत गाउँदै रमाइरहेका छन् किनकी यतिखेर आमिर खान आफ्नो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को प्रचारप्रसारको क्रममा चीनमा छन् । दर्शकदिर्घामा बसेकी युवतीले गाएको हिन्दी गीत सुनेर आमिर छक्क परे र उनको प्रशंसा गर्दै भने-‘कि यो गीत आफैैंमा मुश्किल गीत हो तपाइंले राम्रो गाउनुभयो ‘

चीनमा उनको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ २८ डिसेम्बरमा रिलीज हुँदैछ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal