अन्तर्राष्ट्रिय

उत्तर कोरियाली नेता किम जोंग उनकी श्रीमती ‘रि सोल’ बेपत्ता !

उत्तर कोरियाली नेता किम जोंग उनकी श्रीमती ‘रि सोल’ बेपत्ता !

उत्तर कोरियाका नेता किम जोंग उनकी श्रीमती रि सोल जू विगत १ वर्षदेखि बेप-त्ता छिन् । उनी एक वर्षभन्दा धेरै समयदेखि कहीँ देखिएकी छैनन् ।

उनी पछिल्लो पटक किम जोंग उनसँग २५ जनवरी २०२० मा प्योंगयांगमा लुनार नयाँ वर्षको कार्यक्रममा देखिएकी थिइन् । त्यो कार्यक्रममा किम आफ्नी ७४ वर्षकी आन्टी किम क्योंग ह्युइको छेउमा बसेका देखिएका थिए । उनकी काकी पनि किम जोंग उनलाई उत्तर कोरियाको सत्ता दिलाउन सहयोग गरेपछि ६ वर्षसम्म हराएकी थिइन् ।

छ तर उनको बारेमा कुनै जानकारी सार्वजनिक नहुँदा स्थानीय मिडियामा प्रश्न उठ्न थालेका छन् । डेलीस्टारको रिपोर्टअनुसार किम जोंग उनले आफ्नी श्रीमतीको ह त्या ग-राएको हल्ला समेत चल्न थालेको छ ।

किम जोंग उनले यसअघि पनि विभिन्न पहुँचवाला व्यक्तिको ह त्या गराएको रिपोर्ट सार्वजनिक भएको पृष्ठभूमिमा रि सोल जूको विषयमा पनि यस्तो आशंका गरिएको हो ।

उत्तर कोरियाबारे लेख्ने अखबार डेलीएनकेका अनुसार रि सोल जू बेप-त्ता हुनुको कारण कोरोना-भाइरस पनि हुन सक्छ । कोरिया इन्स्टिच्युट फर नेशनल युनिफिकेसनका निर्देशक होंग मिन नेले पनि यो कुराको समर्थन गरेका छन् । रिपोर्टका अनुसार सार्वजनिक कार्यक्रममा सहभागी भएर रि सोल जू आफ्नो परिवारको लागि खतरा बन्न चाहँदिनन् । स्वयं किम जोंग उन पनि २०२० मा निकै कम कार्यक्रममा देखिएका छन् ।

रि सोल जूको व्यक्तिगत जीवनबारे धेरै जानकारी छैन । रिपोर्टका अनुसार उनले किम सुंग विश्वविद्यालयबाट ग्रयाजुएशन गरेकी हुन् । उनले उत्तर कोरियाको राजधानी प्योंगयांगबाट विद्यालय शिक्षा पूरा गरेपछि गायन सिक्नको लागि चीन गएकी थिइन् । रि सोल जूको एक प्रस्तुतीका क्रममा किम जोंग उनले उनलाई देखेका थिए । रि सोल जूको पारिवारिक पृष्ठभूमि प्रतिष्ठित छ । उनी कोरियल पिपुल आर्मीका पूर्व प्रमुखकी नातिनी हुन् ।

२०१२ मा स्थानीय मिडियामार्फत उनलाई किम जोंग उनकी पत्नीको रुपमा सार्वजनिक गरिएको थियो । केही रिपोर्टमा भने यी दुईले ३ वर्ष अघि २००९ मा नै बिहे गरेको दावी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७