हालै एउटा अचम्मको घटना बाहिरिएको छ । हाम्रो समाजमा विवाहको क्रममा पूर्वप्रेमी वा पूर्वप्रेमिकासँगको सम्बन्धको विषयले बेलाबेला विवाद ल्याएको घटना सुन्ने गरेका छाैँ ।
तर, एक बेहुलीले भने आफ्ना पूर्वप्रेमीलाई अन्तिम पटक अंकमाल गरेपछि मात्रै आफ्नो वैवाहिक जीवन सुरु गरेकी छिन् । बिहेको क्रममा बेहुलीले आफ्ना नयाँ श्रीमानलाई यस्तो प्रश्न सोधिन् जसले बेहुलाचकित बने । उनले बेहुलासँग आफूले आफ्ना पूर्वप्रेमीलाई अन्तिम पटक अंकमाल गर्न चाहेको भन्दै अनुमति नै मागिन् ।
टिक टकमा शेयर गरिएको एक भिडियो क्लिपमा बेहुला बेहुलीलाई पाहुनाहरुले शुभकामना दिइरहेका छन् । त्यही क्रममा बेहुलीका लागि परिचित एक अनुहारको प्रवेश हुन्छ । बेहुलीका पूर्वप्रेमी आउँछन्, दुवैलाई शुभकामना दिन्छन् र बेहुलासँग हात मिलाउँछन् । त्यसपछि बेहुली बेहुलातर्फ फर्केर सोध्छिन् ‘के म अझै एकपटक अंकमाल गर्न सक्छु ?’ बेहुलाले पनि अनुमति दिन्छन् र बेहुलीले पूर्वप्रेमीलाई अंकमाल गर्छिन् ।
त्यसपछि पूर्वप्रेमी बेहुलासँग हात मिलाउन जान्छन् तर बेहुलाले पनि उनलाई तानेर अंकमाल गर्छन् । मलेसियाको भएको विश्वास गरिएको यो भिडियो टिकटकमा लाखौं पटक हेरिएको छ तर यसले टिकटक युजरहरुलाई भने विभाजित गरेको छ ।
केहीले ती बेहुला अझै राम्रोको लायक भएको बताएका छन्, केहीले उनको अनुहारमा पीडाभाव देखिएको भनेका छन् । तर, केहीले भने उनको विशाल हृदयको प्रशंशा गरेका छन् । उक्त भिडियो निरन्तर भाइरल बनिरहेको छ ।