मनोरञ्जन

४६ बर्षमा लागिन् प्रिती, तरपनि उस्तै छ सुन्दरता (फोटो फिचर)

४६ बर्षमा लागिन् प्रिती, तरपनि उस्तै छ सुन्दरता (फोटो फिचर)

बलिउडकी डिम्पल गर्ल प्रीति जिन्टा ३१ जनवरीमा आफ्नो ४६ औं जन्मदिन मनाउँदैछिन्। हिमाचल प्रदेशको शिमलामा जन्मेकी प्रीतिको ज्यादै पीडादायी बाल्यकाल थियो ।

उनी १३ बर्षको हुदाँ बुबा दुर्गानन्द जिन्टाको दुर्घटनामा मृत्यु भयो । बाबुको कार दुर्घटनामा मृत्यु भएको हो । उनकी आमालाई पनि यस दुर्घटनामा गम्भीर चो-ट लागेको थियो र त्यसपछि हिंड्न धेरै गाह्रो भएको थियो।

दुई वर्षपछि आमाको साहारा पनि प्रीति जिन्टाले गुमाइन् । १५ बर्षको उमेरमा प्रीतिले धेरै दु:खहरु भोगिन् तर पनि उनले जीवनसँग हार मानिनन् । आफ्नो आफैले हेरचाह गरिन् र अध्ययन पुरा गरिन्। प्रीति बाल्यावस्थादेखि नै धेरै राम्री थिइन । यसै कारण उनले मोडलको रुपमा काम गर्ने अवसर पाइन् ।

फिल्म दिल से फ्लप भयो तर प्रितीले सबैको मन जितिन् । प्रीतीलाई आफ्नो चलचित्रमा अभिनय गराउन चाहाने निर्देशकहरुको भीड

मोडलिङ गरिसकेपछि प्रीति जिन्टाले केहि विज्ञापनमा काम गर्ने मौका पाइन् । यससँगै बिस्तारै उनको जीवन बलिउडतिर मोडिन थाल्यो। सो समयमा निर्देशक मणिरत्नम फिल्म ‘दिल से’को लागि नयाँ अनुहार खोज्दै थिए। मुख्य भूमिका खेल्न शाहरुख खान र मनीषा कोइराला पहिले नै हस्ताक्षर गरिसकेका थिए तर सहयोगी चरित्र पनि आवश्यक पर्‍यो जसमा प्रिती जिन्टा छनौट भइन् ।

फिल्म दिल से फ्लप भयो तर प्रितीले सबैको मन जितिन् र उनको अभिनय क्यारियर शुरू भयो। प्रीतीलाई आफ्नो चलचित्रमा अभिनय गराउन चाहाने निर्देशकहरुको भीड लाग्यो । ‘सोल्जर’ प्रीतिको पहिलो हिट फिल्म थियो। जसमा बबि देवल मुख्य भुमिकामा थिए ।

प्रीति जिन्टाको ३४ छोरीहरू छन् । वास्तवमा, रवीना टण्डन र सुष्मिता सेनले जस्तै, प्रीति जिन्टाले पनि ३४ बालिकाहरूलाई आश्रय दिइन् । प्रीतिले उत्तराखंडको ऋषिकेशमा रहेको एक अनाथालय मदर मिरेकलबाट ३४ छोरीहरू लिएकी हुन् । जसको आमाबाबु थिएनन् ।

प्रीतीले उनीहरू सबैलाई पालनपोषण र स्कूल शिक्षा पुरा गर्ने बचन दिएकी छन् । प्रीतीले यो जिम्मेवारी एकदम राम्रोसँग पूरा गरिरहेकी छिन। उनी हरेक वर्ष आफ्ना छोरीहरू भेट्न जान्छिन्।

प्रिती सामाजिक संजालमा पनि निकै सक्रिय छिन्। उनले समय समयमा निकै सुन्दर तस्बिर शेयर गरिहन्छिन् । जहाँ उनका फ्यान रूप र डिम्पलको निकै तारिफ गरिरहेका हुन्छन ।

हेराैँ उनका केहि सुन्दर तस्बिर-

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७