मनोरञ्जन

१५ तस्बिरमा हेर्नुहोस् रियाशाको धपक्क बलेको सुन्दरता

१५ तस्बिरमा हेर्नुहोस् रियाशाको धपक्क बलेको सुन्दरता

पछिल्लो समय रियाशाको चर्चा चुलिदो छ । काठमाडौँकी रियासा दाहाल ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलले जन्माएकी प्रतिभा हुन् ।

समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङसँग जोडी भएर उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् । केहि मनमु-टावका कारण उनिहरूको जोडी छुट्टीएपनि उनको चर्चा भने कुनै कमी छैन ।

व्यवस्थापन विषयमा स्नातक उनी पछिल्लो समय निरन्तर म्युजिक भिडियोमा काम गरिरहेकी छिन् । एकपछि अर्को म्युजिक भिडियोमा देखिएपछि उनको चर्चा निकै बढेको छ ।

हिरोइन बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् । उनि सामाजिक संजालमा पनि उत्तिकै सक्रिय छिन् । उनले सामाजिक संजालम निकै सुन्दरत तस्बिर शेयर गरिरहेकी हुन्छिन् ।

नेपाली म्यूजिक भिडियोको दुनियाँमा नायक पल शाह किङ नै हुन भन्दा फरक नपर्ला । पछिल्लो समय मात्र पलले दर्जनौ भिडियोमा काम गरे ।

लकडाउन खुकुलो भएपछि पलले खेलेका केही भिडियो चलेपनि उनी अभिनित धरै भिडियो असफल भैरहेका छन् । लकडाउन खुकुलो भएसँगै पलले मोडल रियाशा दाहालसँग ‘ए है माया’ बोलको गीतमा काम गरे । यो भिडियो र गीत दुबै चल्यो । हालसम्म यो भिडियोलाई १ करोड ८० लाख भन्दा बढी पटक हेरिएको छ ।

यसपछि, रियाशा र पलको जोडीलाई लिएर भिडियो बनाउन केही मेकर कस्सिए । पल र रियाशाले ‘लाइदिम कि मोहनी’ बोलको गीतमा काम गरे । सार्वजनिक भएको करिब डेढ महिनामा भिडियोलाई १९ लाख बढी पटक हेरिएको छ । त्यस्तै पल र रियाशाले अर्को भिडियो ‘जाले रुमाल’मा सँगै देखिए । सार्वजनिक भएको एक सातामा यो गीतलाई १२ लाख पटक हेरिएको छ ।यी दुबै गीतले बजारमा औषत चर्चा पाए ।

पलले धेरै भिडियो खेल्नु र पछिल्लो समय लगतार बजारमा नयाँ गीत सार्वजनिक हुनुको असर पल अभिनित भिडियोलाई परेको देखिन्छ ।

कुनै समय नायिका आँचल शर्मासँग निकै जमेको थियो पलको जोडी तर आँचलको बिवाहपछि दुबै सँगै देखिएका छैनन् । तरपनि पछिल्लो समय भने रियाशासँग पलको जोडी जमेको चर्चा हुन थालेको छ ।

आँचलसँगको जोडी निकै मन पराएका दर्शकले रियाशासँगको जोडी भने कत्तीको मन पराउँछन् त्यो हेर्न भने केहि समय कुर्नै पर्ने हुन्छ ।

पछिल्लो समय उनै रियाशाले निकै सुन्दर तस्बिर शेयर गरेकी छन । जहाँ उनि फुल जस्तै सुन्दर देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७