फोटो फिचर

१२ तस्बिरमा हेर्नुहोस् क्युट मलिकाको सुन्दरता

१२ तस्बिरमा हेर्नुहोस् क्युट मलिकाको सुन्दरता

पोखरा- मोडल तथा नायिका मलिका महत फिल्ममा खेलेपनि खासै चर्चा हुन सकेन तर पछिल्लो समय भने खुबै चर्चामा छिन् । पछिल्लो समय उनले अभिनय गरेको म्युजिक भिडियो ‘फुलबुट्टे सारी’को सफलतासँगै उनको चर्चा पनि ह्वात्तै बढेको छ ।

उक्त म्युजिक भिडियोमा मलिकालाई पल शाहसँग स्क्रिन शेयर गरेको देख्न सकिन्छ । भिडियोमा पल र मलिकाको जोडी सुहाएको प्रतिक्रिया जनाइरहेका छन् ।

मलिका हालै ललितपुरको गोदावरीमा एक म्युजिक भिडियोमा अभिनय गर्दै गर्दा भेटिइन् । उक्त म्युजिक भिडियो केही समयमा रिलिज हुँदैछ । उक्त भिडियो छँयाकन सँगै चर्चा चुलिएको छ ।

फिल्म ‘पानीफोटो’ को छायांकन हालै सकाएको बताउने मलिका यो फिल्मबाट आफू आशावादी भएको बताउँछिन् । पछिल्लो समय मलिकाले अभिनयमा पनि उत्तिकै निखरता ल्याएकी छिन् ।

उनको सुन्दरताले सामाजिक सञ्जालमा चर्चा पाउने गरेको छ । उनको शालीन स्वभावको पनि उत्तिकै तारिफ हुने गर्छ ।

हामीले यहाँ मलिकाको इन्स्टाग्रामबाट लिएका केहि सुन्दर तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७