मनोरञ्जन

विज्ञानले पनि गर्यो नारी सौन्दर्यको मापन (फोटो फिचर)

विज्ञानले पनि गर्यो नारी सौन्दर्यको मापन (फोटो फिचर)

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ आनी छोइङ डोल्माले गाएको यो गीतका अनुसार हरेक बस्तुको सुन्दरता हेर्ने दृष्टिकोण अनुसार फरक हुन्छ ।

तर आधुनिकता र बदलिंदो परिस्थितिसंगै यस खाले सर्वमान्य सत्यहरुको महत्व पनि घट्ने रहेछन भन्ने उदाहरण सार्वजनिक भएको छ । खासगरी कुनै पनि महिलाको सौन्दर्य मापन गर्न थुप्रैले थुप्रै खाले विधिहरु अपनाए पनि बन्द हलको मञ्चमा गरिने सौन्दर्र्य प्रतियोगिताहरुलाई केही न केही महत्व दिंदै आएको हामी पाउँछौं ।

तर अब यस्ता सौन्दर्य प्रतियोगिताहरु पनि आधारहिन बन्ने पक्का भएका छन । किनकी महिलाको सुन्दरता मापनको क्षेत्रमा विज्ञानले हात हाल्न थालिसकेको छ । महिलाको सौन्दर्र्यको मापनका लागि वैज्ञानिकहरुले अध्ययन शुरु गरिसकेका छन ।

यसको ज्वलन्त उदाहरण हो हलिउड अभिनेत्री, टेलिभिजन प्रस्तोता र मोडल केली ब्रुक । आफ्नो ४०औं जन्मोत्सव मनाइसकेकी केली सन १९९८ देखि नै फेसन म्यागजिन एफएचएमको सबैभन्दा सेक्सी महिलाको सूचीमा सुचिकृत छिन । सन २००५ मा उनी यो सूचीको शीर्ष स्थानमा पुगेकी थिइन ।

फेसन म्यागजिनहरुमा मात्र नभै वैज्ञानिक विश्लेषणका आधारमा पनि केली ब्रुक उत्कृष्ट जिउडाल भएकी सुन्दर महिला सावित भएकी छिन । आज भन्दा ४ बर्षअघि अमेरिकाको युनिभर्सिटी अफ टेक्ससका केही अनुशन्धानकर्ताहरुले गरेको अध्ययनबाट केली उत्कृष्ट जिउडाल भएकी सुन्दरी सावित भएकी थिइन ।

अनुशन्धानकर्ताहरुले केलीको शरीरका विभिन्न अंगहरुको मापन गरेका थिए । केलीको उमेर, अनुहार, ओंठ, नाक र कपालको पनि अनुशन्धानकर्ताहरुले अध्ययन गरेका थिए । केलीले अनुशन्धानकर्ताहरुसंगको अन्तर्वार्ताका क्रममा आफुले कुनै प्लाष्टिक सर्ज-री या अन्य कुनै कृत्रिम प्रविधिको प्रयोग नगरेको बताएकी थिइन । जुन कुरा परीक्षणका क्रममा पनि सत्य सावित भयो ।

यद्यपी केलीले आफ्नो क्यारियर निर्माणका क्रममा आफ्नो जिउडालमा आएका थुप्रै उतार चढावहरुको सामाना गरिसकेकी छिन । हलिउड चलचित्रमा काम गर्ने बेला उनको शरीर स्लिम थियो । यसका अलावा मोडलिङका क्रममा पनि उनको शरीरको प्राकृतिक अवस्था भन्दा पातलो हुन पटक पटक दवाब आइरहन्थ्यो । आफुलाई स्लिम बनाउने क्रममा उनले निकै तनाव खेप्नु परेको केली ब्रुकको अनुभव छ ।

हलिउडको यात्रामा खासै जम्न नसकेपछि केली टेलिभिजन प्रस्तोता बन्न पुगेकी थिइन । यसपछि उनको शरीर त्यसअघिको जस्तो स्लिम अवस्थामा रहेन । केलीको जिउडाल पुनः प्राकृतिक रुपमै फर्कियो । यद्यपी उनले आफ्नो फिट्नेश बारे कहिल्यै हेलचक्र्याँई गरिनन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७