समाचार

ओलीले हिन्दु राष्ट्र घोषणा गर्न सक्छन्- सुरेन्द्र पाण्डे

ओलीले हिन्दु राष्ट्र घोषणा गर्न सक्छन्- सुरेन्द्र पाण्डे

काठमाडौं- नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि हिन्दु राज्य बनाउने कोसिस गरेको आरोप लगाएक छन् ।

केही दिन पहिले पशुपतिनाथको पूजा गर्न गएको र शनिबार चितवनमा पुगेर राम मन्दिर बनाउने घोषणा गरेको भन्दै उनले भने, ‘अब ओली कम्युनिस्ट आन्दोलन अगाडि बढाउन होइन, नयाँ मठाधीश बनेर धर्मको कुरा गरेर जनतालाई अलमल्याउन सकिन्छ भनेर कुचेष्टा गरिरहेका छन् ।’

उनले अघि भने ‘यही २३ गते ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ । ओली यो बाटोमा लाग्न सक्छन्’ ।

माओले ‘प्रतिक्रियावादीहरुले तिम्रो प्रशंसा गरे भने तिमीले बुझ्न गलत बाटोमा छौं’ भनेको सम्झिँदै पाण्डेले ओलीको कदमलाई प्रतिक्रियावादीहरुले जमजमाएर स्वागत गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७