बिभाजित नेकपाको ओली समूहले नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ ।
बागमती प्रदेश अध्यक्ष एवम् आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलका अनुसार माघ २३ मा हुने आमसभा नारायणहिटीको गेट अगाडि राखिएको छ ।
‘भृकुटी मण्डप अगाडि सभा गर्दा मान्छे थोरै अट्ने भएकाले नारायणहिटी दरबार अगाडि राखिएको हो’ उनले जानकारी दिए ।