स्वास्थ्य

पत्रिकामा बेरिएका खानेकुरा खानुहुन्छ ? अब होसियार !

पत्रिकामा बेरिएका खानेकुरा खानुहुन्छ ? अब होसियार !

हिजोआज सजिलोका लागि जुनसुकै खानेकुरा पत्रिकामा बेर्ने वा पत्रिकाले छोप्ने चलन बढ्दो छ। पसलेले चटपटे, पकौडा, समोसा, पुरी, जेरी आदि खानेकुरा पत्रिकामा बेरेर दिन्छन् । तारेका खानेकुराको तेल सोसियोस् भनेर पनि पत्रिकाकै प्रयोग गरिन्छ।

पत्रिकामा राखिएका खानेकुरा अस्वस्थकर हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले हालै ‘एडभाइजरी’ जारी गर्दै पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवन स्वास्थ्यका दृष्टिले खतरनाक हुने बताएकाे छ। यसले यस्ताे खानेकुार नखान भारतीय नागरिकहरूलाई सचेत गराएको छ ।

पत्रिकालाई भाँडाका रूपमा प्रयोग गर्दा क्यान्सर, पेटसम्बन्धी समस्या, उच्च रक्तचाप तथा मिर्गौलाको रोग लाग्ने बताइन्छ।

यो पनि- तातो दूधमा सख्खर हालेर पिउनुस्, पाउनुस् यस्ता फाइदा

तातो दूधसँग सख्खर खानु फाइदाजनक छ। यसले सानादेखि गम्भीर रोगहरूमा फाइदा गर्छ।

रगत बढाउँछ

दूध र सख्खरको सेवन गर्दा रगत सफा हुन्छ। यसलाई पिउँदा शरीरमा रगतको कमी र थकान रहँदैन।

ताैल बढ्नबाट रोक्ने

तातो दूधमा सख्खर हालेर खाँदा शरीरकाे ताैल नियन्त्रण हुन्छ। त्यसैले चिनीको ठाउँमा सख्खर मिलाएर पिउँदा ताैल कम हुन्छ।

छाल मुलायम

तातो दूध र सख्खरको सेवनले छाला मुलायम हुन्छ र छालासम्बन्धी समस्या पनि दूर हुन्छ। कपाल पनि बलियो र चमकदार हुन्छ ।

रुघाखोकीबाट आराम

जाडोमा रुघाखोकी मा सख्खर–दूधको सेवन अत्यन्त फाइदाजनक हुन्छ ।

थकान अन्त्य

अत्यधिक थकाइ महशुस भएको छ भने तातो दूध र सख्खरको सेवन गर्नुस्, तुरुन्तै आराम मिल्नेछ।

हटाउँछ जोर्नीको दुखाइ

सख्खर खाँदा जोर्नीको दुखाइमा राहत मिल्छ। यसका लागि सख्खरको एउटा सानो टुक्रा काँचो बेसारसँग मिलाएर खानुपर्छ र साथमा तातो दूध पिउनुपर्छ।

महिना-वारीमा राहत

महिना-वारीमा हुने पीडाबाट छुट्कारा पाउनका लागि तातो दूधसँग सख्खरको सेवन गर्नुपर्छ। महिना-वारी शुरु हुनुभन्दा एक हप्ता अघिदेखि दैनिक एक चम्चा सख्खरको सेवन गर्दा फाइदा हुन्छ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७