मुख्य समाचार

बर्खास्तमा परेका एसपी विष्टले लेखे – ईमान्दारिताको पक्षमा वकालत गर्दागर्दै जागिरको अन्त्य भयो

निष्ठा र स्वाभिमानको अन्त्य भएन, खडेरी परेको बेलामा सत्य ओइलाउन सक्छ, तर कहिल्यै मर्दैन’
बर्खास्तमा परेका एसपी विष्टले लेखे – ईमान्दारिताको पक्षमा वकालत गर्दागर्दै जागिरको अन्त्य भयो

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारा अझै पत्ता लाग्न सकेको छैन्। चारैतिरबाट दवाब , बिरोध भईरहेेको छ तर पनि सरकारले हत्यारा भेट्न सकेको छैन् ।

सरकारले अनुसन्धान पछि केही प्रहरी अधिकृतहरुलाई बर्खास्त समेत गर्यो जसमा प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले हिजोआज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना पीडा पोख्न थालेेेेका छन् ।

आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले सत्य इमानदारिताका पक्षमा वकालत गर्दागर्दै जागिरको अन्त्य भएको उल्लेख गरेका छन् । ‘सत्य–इमानदारिता र असल दायित्वको पक्षमा वकालत गर्दागर्दै जागिरको त अन्त्य भयो, तर निष्ठा र स्वाभिमानको अन्त्य भएन । खडेरी परेको बेलामा सत्य ओइलाउन सक्छ, तर कहिल्यै मर्दैन’ सामाजिक सञ्जाल फेसबुकमा विष्टले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal