राजनीति

लेखराज भट्टलाई प्रचण्डले दलाल भनेपछि एउटा तस्बिर बन्यो भाइरल

लेखराज भट्टलाई प्रचण्डले दलाल भनेपछि एउटा तस्बिर बन्यो भाइरल

विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार धनगढी पुगेर सोही क्षेत्रबाट निर्वाचित नेता तथा उद्योगमन्त्री लेखराज भट्टलाई केपी ओलीको दलाल भनेपछि सामाजिक सञ्जाल तातिरहको छ ।

यसैक्रममा पूर्व माओवादी कार्यकर्ताले प्रचण्डलाई लेखराजले मोटरसाइकलमा राखेर कतै लगिरहेको फोटो सार्वजनिक गर्दै टीकाटिप्पणी गरेका छन् ।

भट्टले प्रचण्डलाई बोकेको र ब’न्दूक बोकेको फोटो सार्वजनिक गर्दै ‘ज’नयु’द्धकालमा आफूलाई पाल्ने’ सहयो-द्धाको अपमान गरेको भन्दै फोटो भाइरल बनाइएका छन् । ज’नयु’द्धकालमा प्रचण्डका परिवारको विलासी जीवनका लागि लेखराजले व्यक्तिगत रूपमा ठूलो लगानी गरेको टिप्पणी उनीहरुले गरेका छन् ।

कैलालीका जमिनदार लेखराज भट्टले ज’न’यु-द्धमा प्रचण्ड परिवारलाई पाल्न आफ्नो धेरै सम्पत्ति सिध्याएको टिप्पणी गर्दै सामाजिक सञ्जालमा प्रचण्डको आलोचना भइरहेको छ ।

प्रचण्डले लेखराजको गृहजिल्लामा पुगेर आफूले हुर्काएको नेता र पटक पटक मन्त्री बनाएको व्यक्ति दलालको पनि दलाल भएको टिप्पणी गरेका थिए ।

प्रचण्डले भनेका छन् – मैले हुर्काएका एकजना नेता छन् नि । मैले पटकपटक मन्त्री बनाएको मान्छे । तिनी त अहिले त कता हो कता, सोच्नै नसक्ने गरी गए । मलाई डर थियो, सुदूरपश्चिमको ठूलो नेता यही हो है भनेको थिएँ । अब उनी केपीको वरिपरि घुम्ने भए । केपीको दलाल भए । केपी आफैं दलाल हुन्, दलालको पनि दलाल ।

पत्याइनसक्नु भयो । दुईचार रात त टेन्सनै भएको थियो । तर ९५ प्रतिशत सुदूरपश्चिमका जनता हिलेका छैनन् । उनीहरुले दलालको भण्डाफोर गरेका छन् । गर्वले मेरो छाती फुलेको छ । तपाईंहरुलाई धन्यवाद । मेरो छाती चौडा बनाइदिनुभयो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७