समाचार

तराईका जिल्लामा अबको दुई हप्तासम्म बाक्लो हुस्सु

तराईका जिल्लामा अबको दुई हप्तासम्म बाक्लो हुस्सु

जल तथा मौसम पूर्वानुमान विभागका अनुसार आज तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ। अबको दुई हप्तासम्म यस्तै रहने मौसम पूर्वानुमान विभागको अनुमान छ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्लामा हिमपातको सम्भावना समेत रहेको छ। भने अन्य क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ ।

पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभावका कारण तराईमा हुस्सु लागेको हो।

त्यस्तै आज काठमाण्डौको न्यूनतम तापक्रम दुई दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७