फोटो फिचर

१० तस्बिरमा हेर्नुहोस् १९ वर्षिया बिश्व सुन्दरीको सुन्दरता

१० तस्बिरमा हेर्नुहोस् १९ वर्षिया बिश्व सुन्दरीको सुन्दरता

एजेन्सी– १९ वर्षकी मोडल येल शेल्बियाले टीसी क्यालेन्डरको सबैभन्दा राम्री १०० युवतीको लिस्टमा पहिलो स्थानमा आफ्नो नाम अटाएकी छन् ।

इन्स्टाग्राममा १ मिलियनभन्दा धेरै फलोअर्स रहेकाले पनि उनी संसारभर चर्चामा छिन् । येलको जन्म इजरायलको एक सानो शहरमा एक यहुदी परिवारमा भएको थियो ।

उनले १६ वर्षको उमेरमा मोडलिङ शुरु गरेकी थिइन् । अहिले उनी ३६ वर्षीय अर्बपति ब्रेण्डन कोर्फसँग डेट गरिरहेकी छन् । ब्रेण्डन अमेरिकाका अर्बपति बिजनेसम्यान सम्नर रेडस्टोनको नाती हुन् ।

१९ वर्षकी मोडल येल शेल्बियाले टिसी क्याण्डलरको वार्षिक सूचीमा १०० सबैभन्दा सुन्दर अनुहारको सूचीमा शीर्ष स्थान हासिल गरेकी छिन् ।

इन्स्टाग्राममा १ मिलियनभन्दा धेरै फलोअर भएकी येल आफ्नो जीवनशैलीका कारण पनि चर्चामा रहन्छिन् । तर, शानदार जीवनशैलीका कारण उनले अनलाइनमा अपमान र ट्रोलको सामना पनि गर्नुपर्छ ।

द सनसँग कुराकानी गर्दै येलले आफ्नो लुकका कारण ट्रोलको पनि सामना गर्नुपरेको बताइन् । येलले विश्वकै सुन्दर अनुहारको उपाधि जितेपछि आफू आश्चर्यमा परेको बताउँदै यस वर्ष आफू पनि प्रतियोगितामा सहभागी भएकोबारे आफूलाई थाहा नभएको बताइन् ।

२०१७ मा येल यो सूचीमा १४ औं स्थानमा थिइन् । २०१८ मा तेस्रो स्थानमा आएकी येल २०१९ मा दोस्रो र २०२० मा पहिलो स्थानमा पुगेकी हुन् ।

एक स्थानीय फोटोग्राफरले उनका इन्स्टाग्राम फोटोहरु देखेपछि उनलाई फोटोशुटमा सहभागी हुन भनेका थिए ।

त्यसपछि येलको मोडलिङ करिअर अघि बढेको थियो । येलले इजरायलको एयरफोर्समा रहेर सैनिक सेवा पनि गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७