खेलकुद

लकडाउनमा प्रेमिकाको जन्‍मदिन मनाउन गएका रोनाल्डोमाथि अनुसन्धान

लकडाउनमा प्रेमिकाको जन्‍मदिन मनाउन गएका रोनाल्डोमाथि अनुसन्धान

विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रेमिकाको जन्मदिन मनाउन लकडाउन उल्लंघन गर्दै यात्रा गरेकाले इटालीको प्रहरीले उनीमाथि अनुसन्धान गरेको छ ।

कोभिड १९ नियन्त्रणका लागि जारी गरिएको मापदण्ड उल्लंघन गरेको उनीमाथि आ-रोप छ । उनले लकडाउन उल्लंघन गर्दै पीडमन्ट र भेले डीओस्टा क्षेत्रबीचमा यात्रा गरेको बताइएको छ ।

रोनाल्डो आफ्नी प्रेमिका जर्जिना रोड्रिगेजको २७ औं जन्मदिन मनाउन एक माउन्टेन रिसोर्ट पुगेका थिए । जहाँ जोडीले एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेका थिए । तर मिडियामा उनीहरुबारे समाचार आउन थालेपछि अहिले उक्त फूटेज हटाइएको छ ।

कोरोनाबाट अति प्रभावित प्रमुख देशमध्ये इटाली पनि एक हो । जहाँ हरेक दिन कोभिडका कारण सयौंको मृत्यु हुनुका साथै हजारौँ सं-क्रमित हुने गरेका छन् ।

कोरोना फैलिन थालेको प्रारम्भिक चरणमा इटाली नराम्ररी प्रभावित बनेको थियो । रोनाल्डो आफैँलाई पनि कोभिड सं-क्रमण भइसकेको थियो । संक्रमित हुनुअघि पनि उनी पोर्चुगलको यात्रा गरेकोमा आ-लोचित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७