मनोरञ्जन

बुढी हुदिनन् की क्या करिश्मा ! १५ तस्बिरमा हेर्नुहोस् उनको सुन्दरता

बुढी हुदिनन् की क्या करिश्मा ! १५ तस्बिरमा हेर्नुहोस् उनको सुन्दरता

नेपाली अभिनेत्री करिश्मा मानन्धरलाई नचिन्नै सायदै भेट्न गाह्रो होला । १४ वर्षको उमेरदेखि फिल्म खेल्न सुरु गरेकी करिश्माले ४६ बसन्त पार गरिसकिन् तर उनको सुन्दरतामा भने कुनै कमि देखिदैन ।

पछिल्लो समयमा करिश्माले दैनिक सामाजिक सञ्जालमा राख्ने तस्विरहरुले पनि देखाउछकी ढल्किँदै गएको उमेरमा उनको सुन्दरताको जादु कस्तो छ भनेर ।

कक्षा ८ सम्म मात्र अध्ययन गरेर छाडेकी करिश्माले १ वर्ष अगाडी एसएलसी परिक्षा उत्तिर्ण गरेकी हुन् । २०७५ सालको एसईई परिक्षार्थी भएर करिश्माले बी प्लस ल्याएर उत्तीर्ण गरेकी थिइन् ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्तिमा पार्टीमा लागेर राजनीतिमा प्रवेश गरेकी करिश्माको राजनैतिक जीवन भने सफल हुन सकेन । त्यसैले उनले २०७६ सालको जेठ महिनामा पार्टी छाडेको घोषणा गरिन् ।

धेरै नेपाली नायिकाहरु यस क्षेत्रबाट पलाइन भैरहेतापनि करिश्मा पनि यसमा टिकेर बसेकी छिन् । धेरै कलाकारहरुले चलचित्र क्षेत्र छाडेर अन्य क्षेत्रमा लागेर गुमनाम भाइसकेका छन् ।

करिश्माले आफ्नो स्वास्थ्य र सौन्दर्यलाई निकै ख्याल राख्छिन् । दैनिक व्यायाम देखि सन्तुलित भोजनको कारण वास्तविक उमेर भन्दा जवान देखिन्छिन् ।

उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीर र उनको सुन्दरता देखेर आम मानिसहरु भन्छन् उमेर ढल्किए पनि करिश्माको सुन्दरता भने ढल्केको छैन ।

करिश्माको बारेमा थप जानकारी

नाम : करिश्मा मानन्धर
जन्मस्थान : ललितपुर

जन्ममिति : सन् १९७२
अहिलेको बसाई : ललितपुर

उचाई : ५ फिट ३ इन्च
शिक्षा : एसईई सम्मको अध्ययन

पहिलो फिल्म : सन्तान (सन् १९८९)
श्रीमानको नाम : विनोद मानन्धर

सन्तान : एक छोरी कविता मानन्धर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७