मुख्य समाचार

काठमाडौंमा बिहानै भुकम्पको धक्का

काठमाडौंमा बिहानै भुकम्पको धक्का

काठमाडाैँलगायत आसपासका क्षेत्रमा बिहानै भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।

अमेरिकन जियाेलाेजिक सर्भेले भक्तपुर केन्द्रविन्दू बनाएर अाज अाइतबार बिहान ४ म्याग्निच्युडकाे भूकम्प गएकाे जनाएकाे छ । सर्भेका अनुसार बिहान करिब ५ बजेर ६ मिनेटमा साे धक्का महसुस गरिएकाे हाे ।

बिहान करिब पाँच बजेरतिर भूकम्पकाे धक्का महसूस गरेका स्टाटसहरु सामाजिक सञ्जालमा अाएका थिए ।तर कतिपय मात्रैले याे महसुस गरेकाे बताए पनि कतिपयलार्इ थाहा नभएकाे प्रतिक्रिया अाएकाे छ ।

तर राष्ट्रिय भूकम्प मापन केन्द्रले चाहिँ सिन्धुपाल्चाेक केन्द्रविन्दू बनाएर ५ बजेर ६ मिनेटमा (UTC 23:21) भूकम्प गएकाे जनाएकाे छ । साे धक्का ४.७ रेक्टर स्केलकाे रहेकाे केन्द्रले जनाएकाे छ । याे धक्का पनि २०७२ सालकै गाेरखा बारपाक भूकम्पकाे केन्द्रविन्दू रहेकाे जनाइएकाे छ ।

यद्यपि केन्द्रकाे मिति हिजाे शनिबारकै राखिएकाे छ भने अमेरिकन सर्भेकाे मिति अाज अाइतबारकाे राखिएकाे छ । यसले भूकम्प हिजाे बेलुका पनि गएकाे हाे कि अाज बिहान मात्रै भन्ने अन्याैल बढाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal