मनोरञ्जन

दुलहीसँग रोमान्टिक मुडमा मुख्यमन्त्री राई (फोटो/भिडियो)

दुलहीसँग रोमान्टिक मुडमा मुख्यमन्त्री राई (फोटो/भिडियो)

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गत माघ ११ गते विवाह गरे । काठमाडौमा विवाह गरेका राईले माघ १६ गते शुक्रबार विराटनगरमा पार्टी दिँदैछन् ।

४९ वर्षे राईले २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग गरेको विवाहलाई लिएर विभिन्न चर्चा चलिरहेको छ ।

आधा उमेर कम भएकी युवतीसँगको विवाहलाई कतिले विकृती मानेका छन् त कतिले माया प्रेममा उमेर हेरिँदैन, व्यक्तिगत कुरा हो भन्ने खालका टिप्पणीहरु पनि गरेका छन् ।

चर्चाकै बिचमा बुधबार एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा मुख्यमन्त्री राई र शेर्पा हँसिलो मुद्रामा विभिन्न पोशाकमा एक अर्कालाई माया गर्दै गरेको देखिएका छन् ।

फूलबारी, भीर पाखा र होटलमा एकले अर्कोलाई औंठी लगाइदिएर अंगालोमा बाँध्दै गर्दा जातिगत पोशाक लगाएका छन् । यो भिडियो युट्युबमा जाङ्मुको एकाउण्टबाट पोष्ट भएको छ ।

विदेशमा राजनीतिज्ञ तथा सरकारी उच्च अधिकारीहरुले मोडल तथा सेलिब्रेटीहरुसँग विवाह गरेको थुप्रै उदाहरणहरु छन् ।

तर, नेपालमा भने पहिलोपटक बहालवाला मुख्यमन्त्रीले मोडलसँग विवाह गरेका हुन् । यो नेपाली राजनीतिक बृत्तका लागि नौलो भएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७