मुख्य समाचार

विदेश पठाईदिन्छु भन्दै ९० लाख ठग्ने पर्वतका युवक पोखरामा पक्राउ

- सुरेश हमाल

विदेश पठाईदिन्छु भन्दै ९० लाख ठग्ने पर्वतका युवक पोखरामा पक्राउ

सुरेश हमाल

पोखरा – रोजगारको लागि विदेश पठाईदिन्छु भन्दै ‘ठगी’ गर्नेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

विगत लामो समयदेखि आफु विदेश बसेको र युरोप क्यानडा, अमेरिका लगायतका देशमा धेरैलाई रोजगारको लागि पठाइसकेको भन्दै मानिसहरुलाई बिश्वासमा पारि रकम ठगेको भन्ने जाहेरीको आधारमा कास्की प्रहरीले पर्वत जिल्ला मोदी गाउँपालिका -७ स्थायी घर भई हाल पोखरा महानगरपालिका -३० शिसुवा बस्दै आएका ३८ वर्षीय धिरज कुमार विश्वकर्मालाई ‘पक्राउ’ गरी बिहिबार सार्वजनिक गरेको हो।

विश्कर्माले विभिन्न ३३ व्यक्तिसंग नब्बे लाख एकहत्तर हजार पाँच सय रुपैयाँ उठाएको र विश्वासमा पार्न उनले विभिन्न सहकारी तथा विकास बैंकहरुको चेक समेत दिएका थिए ।

पक्राउ परेका उनलाई ‘ठगी’ सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट पांच दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसारले हिमालय दैनिकालाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७