मुख्य समाचार

उपसचिव पदमा बहिनी प्रथम दाइ दोस्रो !

उपसचिव पदमा बहिनी प्रथम दाइ दोस्रो !

पोखरा- लोकसेवा आयोगले लिएको उपसचिवको परिक्षामा एकैघरका दाजु बहिनी दुवैजना बढुवामा पर्न सफल भएका छन् ।

लोकसेवा आयोगले मंगलबार प्रकाशित गरेको प्रशासन सेवा सामान्य प्रशासन समूहको उपसचिव वा सो सरहको पदको अन्तर्वातामा वीरेन्द्रनगर–८ सुर्खेत घर भएका दाजु केशवप्रसाद उपाध्याय र बहिनी पूर्णिमा उपाध्याय परेका हुन् ।

योग्यताक्रमको सूचीअनुसार उनीहरुमध्ये पूर्णिमाले पहिलो नम्बरमा र केशवले दोस्रो नम्बरमा नाम निकाल्न सफल भएका छन् । आयोगले उपसचिव सरहको पदका लागि ४१ जनाको माग गरेकोमा ५३ जनाले अन्तर्वार्ता दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७