प्रवास

अष्ट्रेलियामा डुबेर पर्वत घर भएका युवकको मृत्यु

अष्ट्रेलियामा डुबेर पर्वत घर भएका युवकको मृत्यु

अष्ट्रेलियाको ब्रीजबेन नजिक पौडी खेल्ने क्रममा डुबेर पर्वत घर भएका एक युवकको ज्यान गएको छ।

डिपेन्डेण्ट भिसामा रहेका ४० वर्षिय युवाको पौडी खेल्ने क्रममा पट मलेनीस्थित गार्डेनर्स झरनाको तलाउमा मंगलबार साँझ डुबेर मृत्यु भएको हो।

प्रत्यक्षदर्शीका अनुसार पौडी खेलेपछि नजिकैको ढुंगामा बसिरहेका ती पुरूष केही बेरपछि पानीमा खसेर हराएका थिए।

मंगलबार साँझ ५ बजेतिर हराएका ती पुरूषको शव साँझ ८ बजेतिर करिब ६ मिटर तल तलाउबाट प्रहरीले निकालेको थियो। मृ-तक आफ्ना चार जना साथीसँगै झरनामा पुगेका थिए।

मृतकको पोष्टमार्टम गरेपछि मात्रै घटनाको वास्तविकता बाहिर ल्याउने प्रहरीले जनाएको छ। ती पुरूष १८ महिनाअघि मात्रै डीपेन्डेन्डका रुपमा अष्ट्रेलिया आएका थिए।

घटनाबारे जानकारी पाएपछि परिवारलाई सहयोग गर्न पहल गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७