विशेष सामाग्री

दाङ बस दुर्घटनाः नियतीले कहिल्यै नफर्कने गरि लग्यो कलिला मुनाहरु

दाङ बस दुर्घटनाः नियतीले कहिल्यै नफर्कने गरि लग्यो कलिला मुनाहरु

शुक्रवार बिहान सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट डिप्लोमा फरेष्टीको अब्जरभेसन गर्न हिँडेका ३४ जना विद्यार्थी, दुई जना शिक्षक र दुई जना चालक दल भ्रमण ु हिँड्ने बेलामा र दुर्घटनाको अघिसम्म निकै हाँसीखुसी गर्दै थिए । भ्रमणका क्रममा गीत गाउने नाच्ने गरेर रमाईलो गरेे तर यो रमाईलो धेरैबेर रहन सकेन् ।

बाबा म साँझ आउँछु’ भन्दै बाईबाईको हात हल्लाएका दाङ घोराई उपमहानगरपालिका–१४ का रामबहादुर जिएमका १७ वर्षीय एक मात्र छोरा विरेन्द्र जिएमको त्यो बाईबाईको हात हल्लाई सधैँका लागि अन्तिम बन्न पुग्यो ।

आज विहान छोराको शव बुझ्न राप्ती अञ्चल अस्पताको शवगृहमा गहभरी आँशु पार्दै कुरिरहेका बाबु जिएम भन्छन्, ‘हिजो सल्यानको जंगलमा प्राक्टिकल गर्न जाँदैछौं बाबा भन्यो र मोटरसाईकलमा त्यस्तै साढे ६ बजेदेखि ४० मिनेटको बीचमा क्याम्पस नजिकै लगेर छाडेको हुँ, साँझ चाँडै आउँछु बाबा भन्दै थियो । अहिले यस्तो देख्नुपर्यो ।’

तीन छोरी र एक मात्र छोरा भएको रामबहादुरले आमालाई र दिदी बहिनीहरुलाई सम्हाल्न गाह्रो भएको छ। ‘हिजो दिउँसो सल्यानबाटै काकालाई फोन गरेर अंकल म अहिले सल्यान आएको छु । साँझ चाँडै नै घर आउँछु है भनेर फोन समेत गरेको रहेछ ।’ उनले मलिन स्वरमा भने !

मृत्यु हुनेहरुमध्ये शिक्षक र चालक बाहेक अधिकांश १६ देखि २२ बर्ष उमेरका कलिला मुनाहरु थिए । सुन्दर भविश्यका कर्णधार मानिएका तिनै कलिला मुनाहरुलाई नियतिले कहिल्लै नपलाउने गरी निमोठेर लगेको छ । ती सबैले प्राविधिक शिक्षा अध्यान गरेर चाँडै रोजगारी हाँसिल गरी सुन्दर भविष्य सजाउने सपना साँचेका थिए । जुन अधुरै रह्यो ।

शव राखिएको स्थान राप्ती अञ्चल अस्पालमा मृतकका आफन्तको रोदन र चित्कारले बाहिरबाट जाने मानिसहरुलाई समेत आँशु थाम्न गाह्रो परिरहेको थियो । सबैलेे भन्थे हे दैव यस्त‍ो नियती कसैलाई नपरोस् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal