राजनीति

कांग्रेस हिन्दुराज्यको पक्षमा उभिने हो भने समाप्त हुन्छ : प्रचण्ड

कांग्रेस हिन्दुराज्यको पक्षमा उभिने हो भने समाप्त हुन्छ : प्रचण्ड

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा आपत्ति जनाएका छन्।

कांग्रेस महासमितिको जारी बैठकमा हिन्दुराज्यको पक्षमा पनि बहस सुरु भइरहेका बेला अध्यक्ष दाहालले त्यसप्रति कडा आपत्ति जनाएका हुन्।

शनिबार काठमाडौंमा ‘देश किन बनेन्’ नामक पुस्तकको बिमोचन गर्दै उनले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट पछि हट्ने हो भने कांग्रेस समाप्त भएर जाने चेतावनी पनि दिए।

अध्यक्ष दाहालले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता अहिलेको संविधानको मुख्य खम्बा रहेको उल्लेख गर्दै त्यसको एउटा खम्बा भत्काएर सिँगै घर भत्काउने दुस्साहस नगर्न पनि कांग्रेस नेतृत्वलाई सचेत गराए।

वर्तमान संविधानको ‘पिता’ ठान्ने कांग्रेसले पार्टीका तत्कालीन सभापति सुशिल कोइरालालाई ‘स्वर्ग’बाट ‘नर्क’मा झार्न हिन्दुराज्यको पक्षमा बहस सुरु गरेको अध्यक्ष दाहालको दावी छ।

अध्यक्ष दाहालले विपी कोइरालाले स्थापना गरेको कांग्रेसले हिन्दु राज्यको पक्षमा वकालत गर्न सुहाउँछ भनी प्रश्न पनि गरे।

यता समाजिक सञ्जालमा भने उनको धेरैले चर्को बिरोध गरेका छन् । “भर्खरै सरकारले क्रिश्चियन धर्मको प्रचार गर्नहुने तर कांग्रेसमा हिन्दुधर्मको बहस हुदाँ मात्र पनि प्रचण्डले आपत्ति जनाउनु यो हिन्दु धर्मप्रतिको प्रहार भएको भएको धेरैले बताएका छन भने कतिपयले चाँही कुनै समय मठ मन्दिर भत्कउन र देवताका मूर्तिमा पिसाब फेर्ने आदेश दिने प्रचण्डले यश बिषयमा आपत्ती जनाउनु कुनै अनौठो नभएको बिचार ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७