अर्थ

राजा वीरेन्द्र र रानी ऐश्वर्यको सम्झनामा ‘राजारानी’ रेष्टुरेन्ट सञ्चालन

राजा वीरेन्द्र र रानी ऐश्वर्यको सम्झनामा ‘राजारानी’ रेष्टुरेन्ट सञ्चालन

स्वर्गीय राजा वीरेन्द्रवीर विक्रम शाह र रानी ऐश्वर्य राज्यलक्ष्मी शाहको आकृति बनाएर भरतपुरमा राजारानी रेष्टुरेन्ट सञ्चालन गरिएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० सिनर्जी रोडमा प्रभा अधिकारी र चन्द्रविलास अधिकारीले रेष्टुरेन्ट सञ्चालन गरेका हुन् ।

चन्द्रविलासले भने – ‘म १२ वर्षको उमेरमा राजा वीरेन्द्रको वंश नाश गरिएको घटनाले मलाई निकै दुःखी बनाएको थियो । अहिले उनैको सम्झनामा राजारानी होटल खोलेको हुँ’ ।

रेष्टुरेन्टको भित्तामा राजारानीको आकर्षक आकृति कोरिएको छ । ५० हजारको लागतमा राजारानीको आकृति बनाएको चन्द्रविलासले बताए ।

१४ धुर जग्गामा फैलिएको रेष्टुरेन्टमा एकैपटक ५० जनालाई सेवा दिन सकिने चन्द्रविलासले जानकारी दिए ।

भाडामा जग्गा लिएर भवन निर्माण गरी रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको उनी बताउँछन् । रेष्टुरेन्ट निर्माणमा ३५ लाख रुपैयाँ खर्च भएको अधिकारीले बताए । रेष्टुरेन्टमा खाना र खाजाका विभिन्न परिकारहरु पाइन्छ ।

रेष्टुरेन्टमा पोलेको मासु पनि खान पाइनुका साथै वर्थडे पार्टी पनि गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७