मुख्य समाचार

लामो कपाल पाल्ने र राती १० बजे डुल्नेलाई ‘रातभरि थुन्ने अभियान’

लामो कपाल पाल्ने र राती १० बजे डुल्नेलाई ‘रातभरि थुन्ने अभियान’

चोरीका घटना बढ्न थालेपछि कोहलपुरमा प्रहरीले ‘रातभरि थुन्ने अभियान’ शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभर थुन्ने गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

“लागुपदार्थ प्रयोगकर्ता, लामो कपाल पालेका व्यक्ति राति भेटिए थुन्ने गरेका छौँ”, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर विसीले भने, “भोलिपल्ट फोटो खिच्ने र आफन्तको जिम्मा लगाउने गर्छौँ ।

प्रहरीले राति पक्राउ परेकालाई बिहान परिवारका सदस्य बोलाएर लामो कपाल काट्न लगाउने, फोटो खिचेर पठाउने गरेकामा फेरि त्यही मान्छे राति फोकटमा हिँडेको फेला परे कारवाही गरिने भएको छ ।

प्रहरीले चोरी नियन्त्रण र बिना काम राति हिँड्नेलाई नियन्त्रण गर्न तीन टोली परिचालन गरेको छ । जसमा दुई ‘क्यूआरटी’ र एउटा नियमित गस्ती टोली छ ।

जिल्लाको दोस्रो ठूलो शहर कोहलपुरमा लागुपदार्थ प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको र अधिकांश चोरीमा लागुऔषध प्रयोगकर्ता नै संलग्न हुने गरेको प्रहरीले जनाएको छ ।

राति हिँड्नेलाई थुन्ने अभियान थालिएपछि कतिपय व्यक्ति त ताला खोल्न प्रयोग गर्ने ‘सब्बल’सहित पक्राउ पर्न थालेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal