मनोरञ्जन

बिक्रमलाई हराउदै कसरी ‘नेेपाल आइडल’ बने रवी ?

बिक्रमलाई हराउदै कसरी ‘नेेपाल आइडल’ बने रवी ?

नेपाल आइडल २ को विजेता रवि वड भएका छन् । उनले बिक्रमलाई पछि पार्दै उपाधि उचालेका हुन् । यो सँगै उनले
२२ लाख, कार र गोल्डेन माइक पाएका छन् ।

यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो जसमा विक्रम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक सेकेण्ड रनर अप भएका छन् । उनीहरुले क्रमशः २० लाख र १२ लाख बराबरको चेक पाएका छन् । त्यस्तै अस्मिता अधिकारी थर्ड रनर अफ भएकी छन् । उनले होन्डाको तर्फबाट स्कुटर पनि प्राप्त गरेकी छन् ।

धेरैले निकै चासोकोसाथ हेरिएको नेपाल आईडलमा चारैजना उत्कृष्ट भएपनि बिक्रम बराल अझै उत्कृष्ट रहेको र उनी नेपाल आइडल बन्ने धेरैलेे अनुमान गरेका थिए तर उपाधि रवीले उचाले खास गरेर सुदुरपश्चिमबाट अत्याधिक भोट आएका कारण पनि रवीलाई नेपाल आइडल बन्न सफल र सहज भएको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal