काठमाडौं : प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सामान्य’ भन्दै ब्यंग्य गरेका छन् । उनले २३ गते वास्तविक जनप्रदर्शन हुने दावी समेत गरेका छन्।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा शुक्रबार आयोजित पेशागत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। उनले भने- ‘आज अलिअलि आठ दश हजार मान्छे जम्मा गरेर धाक देखाए तर वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते थाहा पाउछन् ।’
प्रचण्ड–माधव पक्षले शुक्रबार राजधानीमा आयोजना गरेको शक्ति प्रदर्शनलाई काउन्टर दिने गरी ओली पक्षले माघ २३ गते काठमाडौं विशाल जनप्रदर्शनको तयारी गरेको छ ।
सम्बोधनका क्रममा ओलीले सडकबाट अदालत र संवैधानिक निकायलाई ध-म्की नदिन समेत उनले चेतावनी दिए ।