मुख्य समाचार

८० लाख रुपैयाँ लिएर साना किसान समूहकी अध्यक्ष फरार

८० लाख रुपैयाँ लिएर साना किसान समूहकी अध्यक्ष फरार

शुक्लाफाँटा नगरपालिका–१ बन्साहाकी साना किसान सहकारी संस्था पिपलाडीका अध्यक्ष कलावती दमाई (नेपाली) लाखौं रकम लिएर फरार भएकी छन्।

वित्तीय संस्थामा रकम बचत गर्दै आएका व्यक्तिका नाममा रहेको रकम समूह जमानीका आधारमा ऋणका रुपमा उनले झिकेकी

साना किसान र नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था झलारीबाट विभिन्न व्यक्तिका नामबाट झण्डै ८० रुपैयाँ रकम झिकेर उनी बेपत्ता भएकी हुन्।

सहकारी र वित्तीय संस्थामा रकम बचत गर्दै आएका व्यक्तिका नाममा रहेको रकम समूह जमानीका आधारमा ऋणका रुपमा उनले झिकेकी वडाध्यक्ष हरिश विष्टले बताए।

अध्यक्ष दमाईले साना किसान सहकारी संस्थाबाट आफनै नाममा एक लाख ५० हजार ऋणसमेत लिएकी

विष्टका अनुसार वडा कार्यालयमा उत्तरा विष्टलगायत २७ जनाले खोजतलास र रकम असुल उपर गरिदिन लागि भन्दै संयुक्त निवेदन दिएका छन्। वडा कार्यालयका तर्फबाट नेपालीको खोजी तथा आवश्यक कारबाही गरी रकम असुल उपर गर्न प्रहरीमा पत्राचारसमेत गरिएको छ।

अध्यक्ष दमाईले साना किसान सहकारी संस्थाबाट आफनै नाममा एक लाख ५० हजार ऋणसमेत लिएकी सहकारीका प्रबन्धक माधवी गिरीले बताइन्। बन्साहास्थित घरमा ताला लगाएर कलावती लामो समयदेखि सम्पर्कविहीन भएपछि पीडित स्थानीयले खोजतलासका लागि वडा र प्रहरीलाई गुहारेका हुन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७