मुख्य समाचार

दाङ बस दुर्घटना : मृतकको संख्या १६ पुग्यो, उद्दार कार्य जारी

दाङ बस दुर्घटना : मृतकको संख्या १६ पुग्यो, उद्दार कार्य जारी

दाङमा आज साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनास्थलमा उद्वारका लागि पुगेका ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीसँग सम्पर्क राख्दा उनले ३ जना महिला र १३ जना पुरुषसहित १६ जना मृतकको शव फेला परिसकेको पुष्टि गरे

५ जना पुरुष र १ जना महिलासहित ६ जनाको जिवितै उद्वार गरिएको उनले बताए । उनले उक्त बसमा ३० देखि ३५ जना सम्म चढेको अनुमान गरिएको जानकारी दिएका छन् ।

हालसम्म मृतक र घाईतेको नाम विवरण खुल्न सकेको छैन् साथै उद्दार कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal