मुख्य समाचार

Breaking : डरलाग्दो बस दुर्घटना : ९ जनाको मृत्युु, अझै बढ्न सक्ने

Breaking : डरलाग्दो बस दुर्घटना : ९ जनाको मृत्युु, अझै बढ्न सक्ने

दाङमा बस दुर्घटा हुँदा नौ जनाको मृत्यु भएको खबर छ। ३१ जना सवार बस तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा दुर्घटना भएको हो।

बस राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको छ। अहिलेसम्म नौजनाको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीले बताएको अन्नपूर्ण पोष्टमा समाचार छ ।

उनका अनुसार चार जनाको उद्धार गरी उपचारका लगाई पठाइएको छ। अहिले दाङ र सल्यानको प्रहरी, स्थानीय उद्धारमा खटिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

बा ४ ख ९७६६ नम्बरको सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयको शिक्षक तथा विद्यार्थी चढेको बस कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा दुर्घटना भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal