विचित्र संसार

एउटा कुकुर : जसले ७ महिने बालिकालाई दुर्घटनाबाट यसरी बचायो !

एउटा कुकुर : जसले ७ महिने बालिकालाई दुर्घटनाबाट यसरी बचायो !

अमेरिकाको हालैको एउटा घटनाले देखाएको छकी
कुकुर साँच्चिकै चेतनशील र विवेकी हुन्छ भनेर । टेक्ससस्थित एक महिलाले आफ्नो कुकुरको अनौठो हर्कतबारे यस्तो विवरण सुनाइन्, जसले सबैलाई चकित बनायो ।

नेना चचेन्दा नाम गरेकी ती महिलाले आफैँले घरमा पालेको कुकरले देखाएको मानवीय व्यवहारबाट छिमेकीहरु चकित परेका हुन् ।

एक रात कुकुर बेस्सरी भुक्यो । सुरुमा उनले वास्ता गरिनन् । तर सहनै नसक्नेगरी भुक्न थालेपछि कोही आउँदै गरेको थाहा पाएर होला भन्ठानी नेनाले कुकुरलाई घाँटीको साङ्लो फुकालिदिइन् ।

कुकुर त उफ्रिँदै भित्र छिर्यो र कोठामा सुताइएकी उनकी सात महिना उमेरकी छोरीलाई मुखले च्यापेर बाहिर ल्यायो । छोरीलाई मुखमै त्यापेर ल्याएको देखेर ती महिला डराइन् कुकुरलाई गाली गरिन्

तर, कुकुरले भने ती बालिकालाई मुखमै च्यापेर फेरि बाहिर जान लाग्यो । कुकुरले बाहिर जान संकेत गरेपछि महिला पनि भित्र के हुँदैछ की भन्ने बल्ल संकेत पाइन् । खासमा उनको घर नजिकै ठूलो आगोलागी भइसकेको रहेछ । कुकुर बाहिर निस्किँदासम्म ती महिलाको घरसम्मै आगोले टिपिसकेको थियो ।

जब आगो निभाइयो त्यसपछि छिमेकीसँग ती महिलाले आफ्नो कुकुरको बारेमा सुनाइन् । कुकुरले देखाएको मानवीय व्यवहारबाट सबै दंग परे ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal