सुरेश हमाल
पोखरा – पोखरामा भारतिय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा एक युवती गम्भीर घाइते भएकी छन् ।
पृथ्वीचोकबाट अमरसिंह चोक तर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशाबाट जाँदै गरेको भारतीय ट्रकले पोखराको पृथ्वीचोक स्थित चाइना पुलमा शुक्रबार दिउसो करिब १ बजे ठक्कर दिएको हो ।
सप्तरीको महादेव गाँउपालिका ९ घर भइ पोखरा रानीपौवा बस्ने बर्ष २२ की सुस्मिता शर्मा सवार १७ प ७०६९ नम्बरको स्कुटरलाई एमएस. ४८ एजे. २२८९ भारतीय नम्बर को ट्रकले ठक्कर दिँदा युवती गम्भीर घाइते भएको प्रहरीले हिमालय दैनिकलाइ जानकारी दिइको छ ।
गम्भीर घाइते उनको गण्डकी मेडिकल कजेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए।
हाल भारतीय नागरिक रहेका ट्रक चालक प्रहरी कार्यालय बैदामको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
– फाइल तस्बिर